Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


लगातार तेस्रो खेलमा सन्दीपको उत्कृष्ट बलिङ


0
Shares

काठमाडौं, पुस १२ । अष्ट्रेलियामा त्यहाँको बिग बास लिग खेलिरहेका नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछानेले लगातार तीन खेलमा विकेट लिन सफल भएका छन् ।

मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले बिहीबार भएको तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध २ विकेट लिन सफल भएका छन् ।

४ ओभर बलिङ गर्दै सन्दीपले मात्र १८ रन खर्चेर २ विकेट लिन सफल भएका हुन् ।

उनले सिड्नी सिक्सर्सका मोइसेस हेनरिक्स र टम कुरनलाई पेभेलियन फर्काए ।

बिहीबारको खेलमा २ विकेट लिएपछि प्रतियोगितामा उनको विकेट संख्या ७ पुगेको छ ।

उत्कृष्ट फर्ममा रहेका सन्दीप प्रतियोगिताको अहिलेसम्म सबैभन्दा बढी विकेट लिने खेलाडीको पहिलो स्थानमा छन् ।

सन्दीपले पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध २ तथा दोस्रो खेलमा होबार्ट हुरिकेनविरुद्ध ३ विकेट लिएका थिए । रासस