२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


पाँचथरमा फेला परेको बम निष्क्रिय, यातायात सुचारु


0
Shares

मिक्लाजुङ २ को सप्तमी बजार जाने सडकमा बम राखेपछि नेपाली सेना र प्रहरीको टोलीले बम डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिए ।

बम राखेको खवर स्थानियले दिएपछि रवि र मौवाको प्रहरी तथा नेपाली सेनाको टोली गएर बम डिस्पोज गरेको उनले बताए ।

बम राखेपछि त्यस सडकमा सवारी साधन रोकिएका थिए भने आवतजावत समेत बन्द भएको थियो । अहिले बम डिस्पोजल गरेपछि भने आवतजावत सुचारु भएको गौतमले बताए ।

बम कसले र किन राखेको भन्ने अहिलेसम्म कसैले जिम्मा लिएको छैन् ।

यसअघि पनि पाँचथरको फिदिम बजार र चतुरे बजारमा राखिएको बम डिस्पोजल गरिएको थियो । बम फेला पर्न थालेपछि जिल्लाबासी भने त्रसित छन् ।