२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


६ महिने छोराको हत्यापछि बाबुद्वारा आत्महत्याको प्रयास


13
Shares

गत सोमबार क्षेत्रबहादुरले नाबालक छोराको घाँटी च्यापेर मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चूडामणि पुनले जानकारी दिए ।

श्रीमती जंगलमा दाउरा लिन गएका बेला उनले छोराको घाँटी च्यापेर मारेको स्वीकार गरेको पुनले बताए । एक वर्षअघि कतारबाट फर्केका बुढाले छोरालाई मारेर आफू पनि आत्महत्या गर्न ‘सुसाइड नोट’ लेख्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

बुढालाई कर्तव्य ज्यानअन्तर्गतको मुद्दा लगाएर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक पुनले बताए । रासस