१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


चिम्पान्जी तस्करीकान्डमा थप दुईजना पक्राउ


0
Shares

नेपाल प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरोले गत असोज ३१ गते चिम्पान्जी, नाइजेरियन बाँदरलगायतका पशुपक्षी काठमाडौंबाट बरामद गरेको थियो ।

प्रहरीले सो कार्यमा संलग्न ६ जनालाई पनि पक्राउ गरी अनुसन्धान जारी राखेको थियो । सोहीक्रममा दाहाल र शाहलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दाहालले नै विमानस्थल भन्सार कार्यलयमा चेकजाँच गर्ने र चिम्पान्जी ल्याएको बाकसको जाँच नै नगरी भन्सार एजेन्ट राजकुमार तिवारीसँग मिलेर पास गराउने रेको ब्यूरोले जनाएको छ ।

यस्तै, शाहले चिम्पान्जीसहितको सामान आएको समयमा विमानस्थलमा पशु क्वारेन्टाइन चेकजाँच नगरी क्वारेन्टाइनको पत्र तिवारीलाई उपलब्ध गराउने गरेको ब्यूरोले जनाएको छ ।

प्रहरीले नाइजेरियाबाट टर्की, इस्तानबुलको हवाईमार्ग हुँदै नेपाल ल्याएको सो वन्यजन्तु र पशुपक्षीहरु नेपालबाट भारतलगायतका अरु मुलुकमा लैजानेक्रममा असोज ३१ गते अन्तर्राष्ट्रिय गिरोहका सदस्य पाकिस्तानी र भारतीय नागरिक गरी ६ जनालाई पक्राउ गरेको थियो ।

सोही दिन प्रहरीले चिम्पान्जी दुईओटा, नाइजेरियन बाँदर ८ ओटा, गोल्डेन फेजन चरा ७ ओटा, रिङनेट फेजन चरा दुईओटा, परेवा ३८ ओटा र सुगा ६५ ओटा काठमाडौंको बाँसबारीस्थित सन्जीव भारीको घरबाट बरामद गरेको थियो ।