१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


दक्षिण सुडानको भीडन्तमा २५ जना सर्वसाधारण मारिए


0
Shares

सरकारी सेना र विद्रोही लडाकूबीचमा भएको पछिल्लो ताजा भीडन्तमा परी कम्तीमा २५ जना आम नागरिकहरु मारिएको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

दक्षिणी सुडानको लिएच राज्यका सूचना मन्त्री पिटर मकौथ मलौलले सरकारी सेना र ‘सुडान पिपल्स् लिबरेसन मोभमेन्ट इन अपोजिसन’ (एसपीएलएआईओ)बीचको भीडन्त यसै हप्ताको सुरुमा सुरु भई बिहीबारसम्म चलेको थियो ।

सरकारी सेनासँग भीडन्त गर्ने यो विद्रोही संगठन पुर्व उपराष्ट्रपति रिएक मचारप्रति तुलनात्मक रुपमा नरम मानिन्छ ।

मलौलले कम्तीमा २० जना विद्रोही लडाकू र अरु पाँच जना सरकारी सेनाका सिपाहीहरु भीडन्तका क्रममा मारिएको जानकारी दिए ।

मन्त्री मलौलले हिंसात्मक भीडन्तको सुरुवात विद्रोहीहरुले नै गरेको आरोप लगाउदै सरकारी पक्षले जवाफी रक्षात्मक कारबाही मात्रै गरेको दावी गरे । ‘गत नोभेम्बर १९ देखि विद्रोही लडाकूहरुले लिएक राज्यको लीरमा हामीमाथी आक्रमण गरे, सरकारी सुरक्षाकर्मीहरुले आफ्नो रक्षाका लागि जवाफी आक्रमण गरे, त्यसपछि धेरै विद्रोही पक्षमा र थोरै सरकारी पक्षमा क्षति भयो,’ उनले भने । (रासस/सिन्ह्वा)