Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


पेट्रोलियम खानी उत्खनन्बाट नेपाल धनी हुन्छ : ओली


0
Shares

नेपाल पानीमामात्रै धनी नभएको उल्लेख गर्दै उनले आफू प्रधानमन्त्री भएको बेला तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहित चिनियाँ टोली दैलेख पठाइ अध्ययन तथा अवलोकन गरेपश्चात् पेट्रोलियम पदार्थको प्रचुर सम्भावना रहेको पाइएको जनाए ।

दैलेखमा आयोजित चुनावीसभामा उनले वाम गठबन्धनको सरकार बनेपछि पहिलो काम पेट्रोलियम पदार्थको उत्खनन् हुने बताए ।

चुनावलगत्तै एमाले–माओवादी केन्द्रबीच पार्टी एकता गरिने दोहोर्‍याउँदै उनले ‘सार्वभौमसत्ता र नागरिक हकको प्रयोग तथा राज्यबाट नागरिकले पाउने सुविधालाई आसन्न निर्वाचनले नयाँ ढाँचामा परिवर्तन गरी राष्ट्रिय स्वाभिमानको बाटोमा अगाडि बढाउनेछ’–भने ।

माओवादी केन्द्रका नेता रामबहादुर थापाले असमानता, विदेशी राष्ट्रको हस्तक्षेप हटाउँदै मुलुकलाई समृद्ध बनाउन आवश्यक रहेको बताए ।

‘गरिबी हटाउन वाम गठबन्धन आवश्यक छ, नेपालमै युवालाई काम गर्ने वातावरण सिर्जना गरेर विदेश गएका युवालाई स्वदेशमै रोजगारी दिनुपर्ने बेला आएको छ ।’ रासस