
धनकुटा नगरपालिकाको वडा नं ९ र खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका वडा नं ७ को सिमानामा पर्ने फुङसुवा खोलामा बिहान साढे ७ बजे बम विष्फोट गराईएको हो । उक्त घटनामा पैदल यात्री तेजबहादुर कार्की घाईते भएको प्रहरीले जनाएको छ ।
सडक छेउ राखिएको बाल्टिन बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोट हुँदा मन्त्री थापा घटनास्थलबाट करिब दुई सय मिटरको दुरीमा थिए ।
विस्फोटपछि घटनास्थलमा पुगि प्रहरीले अनुसन्धान गरिरहेको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्