१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


धादिङ र नवलपरासीमा बम फेला


0
Shares

धादिङमा दुई छुट्टाछुट्टै स्थानमा फेला परेको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । पृथ्वी राजमार्गअन्र्तगत गल्छी गाउँपालिका–६ बैरेनी र गजुरी गाउँपालिका–५ आदमघाटमा भेटिएको बम सेनाले निस्कृय पारेको हो ।

सडक छेउमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उता, नवलपरासीको बर्दघाट सुस्तापूर्वको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिएका कांग्रेस महामन्त्री डा. शशांक कोईरालाको चुनावी प्रचार कार्यालय अगाडि प्रेसर कुकुर बम फेला परेको छ ।

देवचुली नगरपालिकास्थित दुम्कौलीको प्रचार कार्यालय अघि राखिएको प्रेसर कुकुर बम नेपाली सेनाको वम डिस्पोज टोलीले निष्कृय पारेको छ ।