Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नागार्जुन नगरपालिकालाई पर्यटकीय क्षेत्र बनाउन साइक्लिङ रुट निर्माण


0
Shares

साइक्लिस्ट र पर्यटन व्यवसायीको पहलमा साइक्लिङ रुट निर्माण गरेर नागार्जुनलाई पर्यटकीय क्षेत्र बनाउन पहल थालिएको हो । यसै क्रममा आज साइक्लिङ रुट निर्माण गरिएको छ ।

नागार्जुन नगरपालिका वडा कार्यालय–३ बाट आदेश्वर, सेतो गुम्बा, चिसापानी हुँदै नागार्जुनको इचंगुनारायण मन्दिरस्थित टाउनहिल वानलापसम्मको रुट तय गरिएको छ ।

पर्यटकीय सम्भावना धेरै भए पनि अहिलेसम्म विकासमा समेत पछि परेकाले साइक्लिङ रुट निर्माण गरी हाइकिङको समेत सम्भावना रहेको देखाउन प्रचार अभियान थालिएको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

साइक्लिस्ट र पर्यटन व्यवसायीहरुले नागार्जुनलाई पर्यटकीय क्षेत्र बनाउने प्रतिबद्धतासहित कमिटीसमेत गठन गरेका छन् ।