१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


चोरीको स्कुटरसहित दुईजना पक्राउ


0
Shares

पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने ओखलढुङ्गाको धार्मा–१ का १७ वर्षीय निमा तामाङ र काठमाडौं बौद्ध बस्ने रामेछापको भटौली–२ का १७ वर्षीय सुजन भुजेल रहेका छन् ।

शंकास्पद रुपमा बा४२प ९३६५ नम्बरको स्कुटर डोर्‍याउँदै गरेको अवस्थामा महानगरीय प्रहरी बृत्त गौशालाको प्रहरीले फेला पारी सोधपुछ गर्दा उनीहरु स्कुटर छोडी भागेका थिए । प्रहरीले लखेट्दै गएर उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त स्कुटर बौद्ध भाटभटेनीमा पार्किङ गरी राखेको स्थानबाट चोरी गरी ल्याएको अनुसन्धानबाट खुल्न आएको छ ।