झडपमा परी सानीभेरी गाउँपालिका–७ का वडाध्यक्ष कुलबहादुर बूढाकी श्रीमती कल्पना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार साँझ मुसिकोटमा भएको चुनावीसभामा सहभागी भएर घर फर्कंदै गर्दा माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेस कार्यकर्ता चढेको गाडीमा ढुंगामुढा गरेपछि दोहोरो झडप भएको हो ।
झडपमा घाइते भएकी कल्पनालाई चौरजहारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगन्ज लगिएको उनका श्रीमान् कुलबहादुरले जानकारी दिए ।
झडपमा सहभागी चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए । रासस









प्रतिक्रिया दिनुहोस्