२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


अफगान सेनाको कारबाहीमा १७ जना तालिबान मारिए


0
Shares

शुक्रबार बिहान सबेरै कान्दाहार प्रान्तको सहर ए सफा जिल्लाको सीमा प्रहरी बल र सेनाको कारबाहीमा १७ जना तालिवान मारिएको समाचारमा जनाइएको छ ।

यस कारबाहीमा १७ तालिवान आतंककारी घटनास्थलमा नै मारिनुका साथै अन्य ६ घाइते भएका अफगानिस्तानको गृह मन्त्रालयले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ ।

यस कारबाहीको क्रममा प्रहरीले तालिवानको हातहतियार समेत कब्जा गरेको बताइएको छ । उनीहरु लुकेर बसेको आश्रयस्थलमा यो कारबाही भएको थियो ।

यस क्षेत्रमा सक्रिय रहेका तालिवान आतंककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । तालिबानहरुले पछिल्लो समयमा कान्दाहार क्षेत्रमा आतंक मच्चाएको सूचनाको आधारमा यो कारबाही भएको समाचारमा जनाइएको छ ।

गतहप्तामात्र पनि तालिबानहरुले कान्दाहारको एक प्रहरी चौकीमा आक्रमण गरी कैयौं सुरक्षाकर्मीको ज्यान लिएका थिए । सो क्षेत्रमा अहिले प्रहरीले गस्ती बढाएको जनाएको छ । (रासस/सिन्ह्वा)