रिपोर्टर्स् क्लब दाङले शुक्रबार घोराहीको कर्जाइमा गरेको साक्षात्कारमा दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार महराले भने–‘प्रदेश नम्बर–५ को राजधानी दाङमै हुनेछ । दाङलाई पश्चिम नेपालकै केन्द्रकारुपमा विकास गर्नेछु ।’
उपप्रधानमन्त्रीसमेत रहेका नेता महराले दाङलाई पर्यटनको ‘हब’कारुपमा विकास गर्न रारासम्म सडक विस्तार गरिने बताए ।
उनले भने–‘दाङलाई केन्द्र बनाएर चारैतिरबाट सडक सञ्जालले जोड्ने हो भने पश्चिम नेपालकै केन्द्र बन्छ ।’
दाङ हरेक हिसाबले सबल जिल्लाकारुपमा रहेको भन्दै उनले प्रदेशको राजधानी दाङमै हुने ठोकुवासमेत गरे ।
उनलले दाङको पत्रकारिता नेपालमै उत्कृष्ट रहेको भन्दै यसलाई मर्यादित र व्यावसायिक बनाउनुपर्ने बताए । रासस









प्रतिक्रिया दिनुहोस्