Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


कांग्रेस चुनावका बेलामात्रै गाउँ पस्छ : ओली


0
Shares

शुक्रबार कन्चनपुरको महेन्द्रनगरमा वाम गठबन्धनद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले कांग्रेस चुनावका बेलामात्रै गाउँ पस्ने र भोटका लागि आफूले गर्दै नगरेका काम गरेको भन्दै भ्रमको खेती गर्ने गरेको आरोप लगाए ।

उनले मुलुकलाई विकास र समृद्धितर्फ लैजान कम्युनिष्ट पार्टीहरुबीच एकताको खाँचो रहेको औंल्याए ।

आसन्न निर्वाचनलगत्तै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले गत कात्तिकमै पार्टी एकताका लागि सहमति भएपनि चुनाव नजिकिएकाले पर धकेलिएको बताए ।

उनले मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनलगत्तै देशैभरका कम्युनिष्ट पार्टीहरु एक हुने दाबी पनि गरे ।

सभामा माओवादी केन्द्रका नेता रामबहादुर थापा, एमाले उपाध्यक्ष भीम रावल, नेता लेखराज भट्टलगायतले बोलेका थिए ।