Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


मनमोहन, ओली र मैले सरकारको नेतृत्व गर्दा नयाँ रेकर्ड बनाएका छौं : दाहाल


0
Shares

योङ कम्युनिष्ट लिग (वाइसीयल) नेपाल र युवा संघ नेपालको चितवन क्षेत्र नम्बर–३ को संयुक्त भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले स्थीर सरकारलेमात्रै युवालाई रोजगारीको अवसर सिर्जना गर्नसक्ने बताए ।

अध्यक्ष दाहालले भने–‘नेपाल जहिलेपनि राजनीतिक स्थिरताको भूमरीमा पर्‍यो, धेरै सरकारले नेपालमा विकास र समृद्धिको पहल गर्न सकेनन् तर, पूर्वप्रधानमन्त्री मनमोहन, केपी ओली र मैले सरकारको नेतृत्व गर्दा केही नयाँ रेकर्ड बनाएका छौं, हाम्रो नेतृत्वका सरकारहरुले जनता र राष्ट्रको पक्षमा अरुभन्दा राम्रो काम गरेर रेकर्ड बनाएको छ ।’

७० वर्षदेखि अस्थिरताको भूमरीमा परेको देशलाई स्थिरता दिने जिम्मेवारी हाम्रै काँधमा आएको भन्दै उनले भने–‘हामीले नै देशको जिम्मा लिनुपर्छ, कम्युनिष्टहरुको बलियो एकतालेमात्र बहुमतको सरकार दिनसक्छ, राजनीतिक स्थिरता दिनसक्छ ।’

स्थीर सरकार बनेमात्रै देश विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने अध्यक्ष दाहालले बताए ।

उनले स्वदेशमा रोजगारी दिन नसक्दा लाखौं युवा विदेशिएको बताउँदै केही आम्दानी भएपनि विदेशमा स्वाभिमानी भएर बाँच्न नसकेको धारणा व्यक्त गरे ।

अध्यक्ष दाहालले भने–‘खाडीमा नेपाली मजदुर पीडा र आतंककाबीचमा बाँचिरहेका छन् ।’

युवालाई उच्च मनोबलका साथ एकढिक्का भइ निर्वाचनमा होमिन आग्रह गर्दै उनले युवाहरु योजनावद्धरूपमा आक्रमक ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने–‘युवालाई रक्सी र मासुको भूलभूलैयामा राखेर युवाको अपमान गर्नेहरूकाविरूद्ध सचेत ढंगले मुकाबिला गर्नुहोस् ।’

साम्राज्यवादीले युवालाई क्षणिक स्वार्थका लागि उपयोग गर्ने गरेको बताउँदै अध्यक्ष दाहालले भविष्यका लागि सोच्नुपर्ने बताए ।

उनले भने–‘प्रतिक्रियावादी दक्षिणपन्थीलेमात्रै होइन, अन्तर्राष्ट्रिय बुर्जुुवाहरुले पनि युवालाई उपयोगमात्रै गर्दछन् ।’