Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


सुनसरीका सबै उम्मेदवारलाई अंगरक्षकसहित सुरक्षा प्रदान


0
Shares

जिल्ला सुरक्षा समिति सुुनसरीले जिल्लाका सबै उम्मेदवारहरुको भरपर्दो सुरक्षा व्यवस्था मिलाएको हो ।

अज्ञात समूहद्वारा इटहरीमा भएको वाम गठबन्धनको चुनावीसभालाई लक्षित गरी शुक्रबार दिउँसो र बेलुका सुनसरी क्षेत्र नम्बर–१ का नेकपा एमालेका उम्मेदवार जयकुमार राईको घरमा बम विस्फोट गरिएपछि स्थानीय प्रशासनले जिल्लाका सबै उम्मेदवारलाई अंगरक्षकसहित भरपर्दोे सुरक्षा प्रदान गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताए ।