
शनिबार(आज) एकाविहानै एमाले अध्यक्ष केपी ओलीको झापास्थित घरको गेटमा बम विस्फोट गराइएको छ ।
विहान ४ बजेतिर झापाको दमक नगरपालिका–५ मा रहेको ओलीको घरको पूर्वी गेटमा विस्फोट भएको हो ।
विस्फोटबाट गेटमा सामान्य क्षति भएको छ । यस्तै त्यहिं नजिकै अर्को विस्फोटक पदार्थ पनि भेटिएको छ ।
घरको गेट बाहिर एउटा झोला झुण्ड्याइएको अवस्थामा रहेको र त्यहाँ पनि बम हुन सक्ने इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
झोलाभित्र शंकास्पद बस्तु भएकोले त्यसलाई डिस्पोज गर्न केरखाबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल आइपुगेको छ ।
बम डिस्फोजल टोलीले विस्फोटक पदार्थ निष्क्रिय पार्दैछ । थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्