१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


नवलपुरमा कांग्रेस उम्मेदवारको जीपलाई लक्षित गरी बम प्रहार


0
Shares

शनिबार(आज) करिब नौं बजेतिर हुस्लेकोट गाउँपालिका–५ को गोजापोखरीमा उम्मेदवारहरु सवार ज१ज ४०२२ नम्बरको मुस्ताङ जीपलाई लक्षित गरी बम प्रहार भएको घटनास्थलबाट लेखक शंकर तिवारीले जानकारी दिएका छन् ।

नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बिष्णु कार्की र प्रदेशसभाका उम्मेदवार बिष्णु लामिछाने चुनावी प्रचारको सिलसिलामा बुङदीकाली जाँदै थिए ।

बम प्रहारबाट भौतिक क्षति नभएको र बम प्रहारमा बाम गठबन्धनको संलग्नता रहेको उम्मेदवारद्वयले आरोप लगाएका छन् ।