१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा १७ हजार जनाले लिए स्वास्थ्य सेवा


0
Shares

बिएन्डसी अस्पतालले आयोजना गरेको स्वास्थ्य महोत्सवको शुभारम्भ पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको स्वास्थ्य परीक्षणबाट गरिएको थियो ।

मंसिर ८ गतेसम्म सन्चालन रहेको महोत्सवमा १६ हजार ८३२ जनाले स्वास्थ्य सेवा लिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए ।

महोत्सव अवधिभरमा ३२१ जनाले शल्यक्रिया सेवा, १५ हजार ७३२ जनाले प्रयोगशाला परीक्षण सेवा लिएको शनिबार अस्पताल परिसरमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

महोत्सवसम्पन्न गर्न करिव एक करोड रुपैयाँ खर्च भएको अस्पताल प्रशासनले जनाएको छ । स्वास्थ्य महोत्सवमा नेपालका विभिन्न स्थान र भारतबाट पनि सेवाग्राही स्वास्थ्य जाँच गर्न आएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए । रासस