नेपाली कांग्रेस, भक्तपुर क्षेत्र नम्बर–२ युवा परिचालन समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मेलमिलाप र एकतामा राष्ट्रियता बलियो हुने बताए ।
नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका नेता खाँणले महेन्द्रपथीय खोक्रो राष्ट्रवादले मुलुक समृद्ध नहुने भन्दै युवालाई संयम हुँदै कार्यकर्ताको घरदैलोमा पुग्न आग्रह गरे ।
समतामूलक समाज र समृद्ध राष्ट्र निर्माण संविधानको कार्यान्वयन लोकतान्त्रिक शक्तिको आह्वान रहेको उनको धारणा थियो ।
क्षेत्र नम्बर–२ का प्रतिनिधिसभातर्फका कांग्रेस उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानाले आफू भक्तपुर–२ को शान र मान राख्ने कुचिकार उम्मेदवार भएको बताए ।
उनले देशमा व्याप्त दोहनको राजनीतिलाई जनमोहनमा बदल्नुपरेको भन्दै भक्तपुरको ऐतिहासिक, सांस्कृतिक र लोकतन्त्रको संस्थागत विकासमा आफू सदैव लागिपर्ने बताए ।
क्षेत्र नम्बर–२ प्रदेश ‘क’का उम्मेदवार अंगत खड्काले युवा स्वरोजगार कोष स्थापना गरी बेरोजगार युवाको हितमा सदैव क्रियाशील रहने बताए ।
नेपाली कांग्रेस, भक्तपुर क्षेत्र नम्बर–२ युवा परिचालन समितिका संयोजक रवि राणा, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लव थापालगायतले लोकतान्त्रिक गठबन्धनका सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए । रासस









प्रतिक्रिया दिनुहोस्