२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


पाकिस्तानमा उग्र प्रदर्शन जारी, झडपमा एकजना सुरक्षाकर्मीको मृत्यु


0
Shares

झडपका क्रममा १ जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै सयभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । ‘तहरीक ए लब्बैक’ नामको इस्लामिक संगठनले बिगत २० दिनदेखि पाकिस्तानका कानुनमन्त्री हमिद हमीदको राजीनामा माग गर्दै जारी राखेको धर्ना तथा प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै प्रदर्शनकारीहरु उग्र बनेका हुन् ।

अहिले पाकिस्तानको इस्लामाबाददेखि कराँची र अन्य शहरहरुमा समेत प्रदर्शन र झडप भैरहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रदर्शनकारीलाई नियन्त्रण गर्न करिव ८ हजार ५ सय इलाइट पुलिस फोर्स परिचालन गरिएको बताइएको छ । त्यस्तै, सामाजिक सन्जाल फेसबुक, ट्वीटरलगायत सन्चारमाध्यममा प्रत्यक्ष प्रसारण गर्न रोक लगाइएको छ ।

प्रहरीले सयौं प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ । कानुनमन्त्री जाहिद हमीदले राजीनामा नदिएसम्म प्रदर्शन जारी राख्ने उनीहरुको अडान रहेको छ । एजेन्सी