माडीको बाँदरझुला जाने क्रममा अध्यक्ष प्रचण्डले स्मारकमा पुगी श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
सोही बाटो भएर बाँदरझुला जानुपर्र्ने भएपछि प्रचण्ड पहिलो पटक गाडीबाट झरेर बाँदरमुढे घटनास्थलमा पाईला टेकेका हुन् ।
विं.स.२०६२ साल जेठ २३ गते बिहान यात्रुले खचाखच भरिएको बस तत्कालिन नेकपा माओवादीको विद्युतीय धरापमा पर्दा ३९ जनाले बाँदरमुढे खोलामा ज्यान गुमाएका थिए भने ७५ जना घाइते भएका थिए ।
सो घटनामा तत्कालिन नेकपा माओवादीले ठूलो भूल भएको भन्दै सार्वजनिक माफि समेत मागेको थियो ।
पहिलो पटक प्रधानमन्त्री भएपछि माडीमा आयोजित ‘पहिलो माडी महोत्सव’को उद्घाटनका सिलसिलामा ०६९ फागुन १७ गते प्रचण्ड माडी पुगेका थिए ।
त्यसपछि माडी पुग्न नसकेका प्रचण्ड सोही क्षेत्र समेटेर बनेको निर्वाचन क्षेत्रका उम्मेदवार बनेपछि कार्तिक १८ गते माडी पुगेका थिए ।
उनले त्यो बेला पीडितसँग प्रत्यक्ष भेटघाट पनि गरेनन् भने सो घटनास्थलसम्म पनि पुगेनन् ।
पीडितसँग प्रचण्डले ०६३ कार्तिक ३ गते फुलबारीमा भेटेर न्याय दिलाउँछु भनेर प्रतिवद्धता पनि जनाएका थिए ।
तर, हालसम्म सो घटना गराउने व्यक्तिलाई कारवाही गरिएको छैन् ।









प्रतिक्रिया दिनुहोस्