
हालै गीतको म्यूजिक भिडियो पनि यूट्युबमार्फत सार्बजनिक भएपछि थप चर्चित बनेको छ । भिडियोमा निर्माता राजकुमार महर्जनले लगानी गर्न कन्चुस्याइ गरेका छैनन् ।
राजकुमारको लगानीलाई निर्देशक भुवन स्याङबो तामाङले न्याय गरिदिएका छन् ।
चर्चित मोडल नयन डीसी र मनिषा श्रेष्ठको दमदार अभिनयलाई धेरैले रुचाएका छन् । बुद्ध योन्जनको शब्दलाई सुनिलले नै संगीत भरेर कर्णप्रिय स्वर भरिदिएका छन् ।
ललितपुरको सपिङ मललगायतका आकर्षक स्थानमा सुटिङ गरिएको भिडियोमा नयन मनिषाप्रति निकै आकर्षित भएको र मनिषा पनि नतमस्तक भएको दृश्य देख्न पाइन्छ ।
आकर्षक गेटअप र ड्रेसअपमा सजिएका मनिषा र नयनको प्रेमभावले गीतलाई उचित सम्मान दिएको छ ।
करिब तीन दर्जन बढी गीतमा अभिनय गरिसकेका मोडल तथा एरोविक डान्सका प्रशिक्षक नयनको यो भिडियो निकै पृथक रहेको पाइन्छ ।
अनिल महर्जनले खिचेको भिडियो उत्कृष्ट बनेको छ । सम्पादनमा माधव बेलबासेले भरपुर मेहेनत गरेका छन् ।
म्यूजिक नेपालले सार्बजनिक गरेको भिडियो विलकुलै फरक धारमा तयार पारिएको छ ।
(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)
प्रतिक्रिया दिनुहोस्