२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


चालकरहित हवाइ आक्रमणमा ७ जना आतंककारी मारिए


0
Shares

एक सुरक्षा अधिकारीले आइतबार हवाइ आक्रमणमा परी कम्तीमा सात संदिग्ध अल कायदा आतंककारीहरु मारिएको जानकारी दिएको हो । यमनमा भरी चालकरहित विमानद्वारा आतंककारीलक्षित कारबाही प्रायः संयुक्त राज्य अमेरिकाले गर्दै आएको पाइन्छ ।

दक्षिण प्रान्त शाब्वाबाट बेदातर्फ गई रहेको तीन ओटा सवारी साधानलक्षित भएको यस चालकरहित विमान कारबाही पनि संभवत अमेरिकी बलद्वारा नै भएको अधिकारीहरुले बताएका छन् ।

यमनमा सरकारी समर्थन गर्दै सन् २०१५ को मार्चबाट साउदी अरेबियाले आतंककारीलक्षित चालकरहित विमान आक्रमण गर्दै आएको छ ।

यस कारबाहीमा परी सो समयदेखि हालसम्म ८ हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने अरु हजारौको संख्यामा घाइते भएका छन् । (रासस÷एएफपी)