४ असार २०८२, बुधबार | Wed Jun 18 2025


पहिलो चरणअन्तर्गत ३२ जिल्लामा ६५ प्रतिशत मतदान, सबैभन्दा बढी बाजुरामा


0
Shares

निर्वाचन आयोगका अनुसार पहिलो चरणमा ३२ जिल्लामा भएको निर्वाचनमा औषतमा ६५ प्रतिशत मत खसेको छ । बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदाताले मतदान गरेको आयोगले जनाएको छ ।

मुलुकभरबाट मतदानको विस्तृत विवरण आउने क्रम जारी रहेको छ । उच्च पहाडी र हिमाली ३२ जिल्लामा आइतबार (आज) पहिलो चरणको निर्वाचन भएको हो भने बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ । रासस