Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


बुद्धिजिवीहरुसँग कांग्रेसको छलफल, जनताले बुझ्ने भाषामा प्रचार गर्न सुझाव


0
Shares

काठमाडौंमा गरिएको छलफलमा पूर्व राजदूत, प्राध्यापक, इञ्जिनियर, चिकित्सक, कानून ब्यवसायी, उद्योगी, पत्रकारहरुले प्रजातान्त्रिक व्यवस्थालाई बलियो हुने अभियानमा कांग्रेसको ध्यान केन्द्रित हुनपर्ने सुझाव दिए । उनीहरुले जसरी पनि निर्वाचन जित्ने दाउमा कम्युनिष्ट गठबन्धन लागेकाले त्यसतर्फ होशियारी अपनाउन सुझाव दिएका थिए ।

चुनावी घोषणा पत्रलाई अझै बढी प्रचार गरेर मंसिर २१ गते हुने दोस्रो चरणको मतदानमा कांग्रेसका पक्षमा बढी मत खस्ने वातावरण बनाउनुपर्ने उनीहरुले बताए ।

मतदाताको मनस्थिति विश्लेषण गर्दै आम जनमानसले कांग्रेसलाई हेर्ने दृष्टिमा परिवर्तन ल्याउने कार्यक्रम ल्याउन उनीहरुको सल्लाह थियो । विकास र आर्थिक समृद्धिको विषय पनि जनताले बुझ्ने भाषामा प्रचार गर्न, महिलालाई परिचालन गर्न र मतदाता शिक्षा बढाउन सहभागीहरुले सुझाव दिए ।

कार्यक्रममा पूर्व राजदुत शम्भुराम सिंखडा, डा. दुर्गेशमान सिंह, नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्का, पूर्व सचिव टीकादत्त निरौलालगायतका सुझावपछि कांग्रेस नेता बालकृष्ण खाँणले दोस्रो चरणको निर्वाचन केन्द्रित भई थप कार्यक्रम ल्याइने बताए ।