Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


मन र मतलाई परिवर्तन गर्न संयोजक मिश्रको आग्रह


0
Shares

सो पार्टीद्वारा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै उनले भन्ने, ‘ नागरिकले सही दल र उम्मेदवारलाई भोट नदिए मुलुक र नागरिकले थप क्षति व्यहोर्नु पर्छ ।’

‘सबै जनतालाई दलहरुले राजनीतिको गाढा रंगमा रंगाएका छन्, नेता सुविधाभोगी छन्, नागरिकले अभाव, कष्ट झेलिरहेको अवस्था छ, अब पनि हामीले मन र मतलाई परिवर्तन गर्न सकेनौँ र राजनीतिको रंग पखाल्न सकेनौँ भने हाम्रो भविष्य सुरक्षित हुन सक्दैन’, संयोजक मिश्रको भनाइ थियो ।

निरन्तर संविधान परिवर्तन गरेरमात्र अधिकार प्राप्ति नहुने धारणा राख्दै उनले नागरिकको अधिकारलाई समृद्धि र विकाससँग जोडनु नै आफ्नो पार्टीको मार्गचित्र हुने बताए ।

त्यस अवसरमा सो पार्टीका केन्द्रीय सदस्य गेहेन्द्र दाहाल, किशोर थापा र बाँके क्षेत्र नम्बर २ प्रदेश सभाका उम्मेदवार डा.बिनोद कर्णले डुब्न लागेको मुलुकको राजनीतिक डुंगालाई जोगाउन आफूहरु राजनीतिमा आएको बताए । रासस