२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


‘पूर्ण प्रशन्नताका साथ मुगाबेले बहिर्गमन स्वीकारे’


0
Shares

सेनाले सत्ता हातमा लिएपछि राष्ट्रपति पदबाट राजीनामा गर्न बाध्य भएका मुगाबेको स्वास्थ्य अवस्था पनि राम्रो रहेको उनका भान्जाले जानकारी दिए ।

राजीनामासँगै जिम्बाबेमा मुगाबेको ३७ वर्ष लामो शासनकाल अन्त्य भएको छ भने अर्का नेतालाई राष्ट्रपति बनाइसकिएको छ । ‘उनलाई सब ठिक छ, मैले उनलाई राम्रो अवस्थामा देखेको छु, उनी पूर्ण प्रसन्न पनि छन् ।’ मुगाबेको बहिनी सविनाको छोरा लेओ मुगाबेले एएफपीसँग भने ।

‘उनले वास्तबमा अगाडिको नयाँ जीवन सुरु गरेजस्तो देखिएका छन्, गाँउले घरमा बस्नु भएको छ, यस्लाई उनले राम्रो तरिकाले लिएका छन् ।’उनले थपे

पूर्वराष्ट्रपति मुगाबेकी श्रीमती ग्रेस भने मुगाबेको सम्मान र सम्झनामा विश्वविद्यालय खोल्ने योजनामा केन्द्रित भएकी छन् । ‘मलाई उनको भावना र जोश जाँगर मन परेको छ, उनी पूरै समय मुगाबेसँगै रहेकी छन्, उनी एउटा अचम्मको व्यक्ति रहेकी छन् ।’ भान्जा मुगाबेले भने ।

उनले रोबर्ट मुगाबे विश्वविद्यालयका लागि केही न केही गर्ने योजनालाई ग्रेसले निरन्तरता दिइरहेको बताए ।

मुगाबेले गत अगस्टमा राजधानी हरारेदेखि ३५ किलोमिटर टाढा पर्ने माजोबेमा पोष्ट ग्राजुयट विश्वविद्यालय खोल्ने घोषणा गरेको थिए । त्यसैलाई उनले अगाडि बढाउने तयारी गरेकी हुन् । (रासस/एएफपी)