२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


हिंसाग्रस्त यमनमा राहत सामग्री बोकेका साधनले प्रवेश पाए


0
Shares

यमनविरुद्ध आक्रमण गरिरहेको साउदी अरब नेतृत्वको गठबन्धनले यमनका विद्रोही नियन्त्रित क्षेत्रमा राहत सामग्री बोकेका साधनलाई प्रवेश अनुमति दिएको हो ।

अनुमति पाएलगत्तै संयुक्त राष्ट्रसंघले सहायता सामग्री पठाउन थालेको छ । राहत सामग्री यमनस्थित सलीफ बन्दरगाहमा पुगेका छन् ।

साउदीले लगाएको नाकाबन्दीका कारण लाखौं मानिस खानै नपाएर मृत्युसँग जुधिरहेका थिए । औषधि बोकेका विमान राजधानी सानामा उत्रेको छ ।

यसअघि राष्ट्रसंघले तत्काल मानवीय सहायता नपु¥याए लाखौं यमनी भोकमरीकै कारण अकालमा मर्ने चेतावनी दिएको थियो ।

साउदी अरेबियाले यमनसँगको कूटनीतिक सम्बन्ध तोडेर सबै मार्ग बन्द गरेपछि मानवीय सहायता पु‍र्‍याउनै कठीन भएको राष्ट्रसंघले जनाएको थियो ।

यमनमा संघर्षरत हुथी विद्रोहीले साउदी अ‍रेबियाको रियादमा मिसाइल प्रहार गरेपछि साउदी नेतृत्वको गठबन्धनले यमनसँग सम्बन्ध तोड्दै नाकाबन्दी लगाएको हो ।

हुथीलाई इरानले मिसाइलसहितका हातहतियार दिएको भन्दै त्यसविरुद्ध साउदी अरेबियाले आक्रमण गरेको हो ।

सन् २०१५ को मार्चदेखि संघर्षरत यमनमा हजारौं मानिस मारिएका छन् ।(एजेन्सी)