१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


नेकपाका जिल्ला इन्चार्जसहित तीनजनालाई सार्वजनिक मुद्दा


0
Shares

सार्वजनिक मुद्दा चलाइएकामा बर्दघाट नगर समिति सदस्य मोहन सापकोटा र सुनवल–११ जगार्हाका आत्मराम आचार्य रहेको जिल्ला प्रहरी कार्यालय परासीका उपरीक्षक मुकुन्दराज आचार्यले जानकारी दिए ।

केसी र सापकोटा गत मंसिर ४ गते भूमहीबाट पक्राउ परेका थिए । आचार्य भने कात्तिक ३० गते बर्दघाटबाट पक्राउ परेका थिए ।

उनीहरु निर्वाचनविरोधी सामग्रीसहित हिँडिरहेको अवस्थामा पक्राउ परेको उपरीक्षक आचार्यले दाबी गरे ।

पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय परासीमा थुनामा राखेर सार्वजनिक अपराधमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।