
काठमाडौं, पुस ११ । वाम विश्लेषक डा. सुरेन्द्र केसीले नेपालमा क्रान्तिबाट ल्याउन खोजिएको परिवर्तन आकाशमा नै विलिन भएर जाने अवस्था आएको टिप्पणी गरेका छन् ।
१२६औं माओ दिवसको अवसर पारेर नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा डा. केसीले क्रान्तिबाट नेताहरुको जीवनमामात्र परिवर्तन भएको बताए ।
उनले नेताको जीवनमा आएको परिवर्तनलाई देशको परिवर्तन मान्न नसकिने स्पस्ट पारे ।
कार्यक्रममा राजनीतिक विश्लेषक रमेश शर्माले हाल विश्वमा आर्थिक असमानता कहालीलाग्दो तवरले बढ्दै गएको र अब यो कहाँसम्म जान्छ भनेर भन्नसकिने अवस्था नरहेको बताए ।
नेपाल प्राध्यापक संघका अध्यक्ष मोहन खतिवडाले नेपालमा बलात्कार, हिंसा र भ्रष्टाचार बढ्दै गएपनि सरकार नाजवाफ भएको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्