
अमेरिकाको लस भेगासमा आयोजित प्रतियोगितामा २२ वर्षीया डेमी पिटर्सले ९१ जना सुन्दरीलाई पछि पार्दै ‘मिस युनिभर्स’को ताज पहिरिन सफल भएकी हुन् ।
यो ताज जितेसँगै डेमी–ले नेल–पिर्टस विश्वको ६६ औं ‘मिस युनिभर्स’ बन्न सफल भएकी छन् ।
‘मिस युनिभर्स–२०१७’को फाइनलमा डेमी नेल–पिटर्ससँगै जमैका र कोलम्बियाका सुन्दरीहरु ‘टप–थ्री’मा पुगेका थिए । ‘मिस युनिभर्स’ डेमी पिटर्सले नर्थ वेस्ट यूनिभर्सिटिबाट एमबिएको डिग्री हासिल गरेकी छन् ।
प्रतियोगितामा ‘फस्ट रनर अप’ मिस कोलम्बियाकी र ‘सेकेन्ड रनर अप’ जमैकाकी सुन्दरी घोषित भएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्