लगातार ज्वरो आइ छातीमासमेत समस्या देखिएपछि धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधि यही मंसिर ४ गते चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए ।
स्वास्थ्य परीक्षणपछि उनीमा निमोनिया देखिएकामा उनलाई इन्जेक्सनमार्फत् एन्टिबायोटिक औषधि चलाइ चिकित्सककै निगरानीमा राखिएको थियो ।
अस्पतालका पेटरोग विशेषज्ञ डा. राहुल पाठक, छातीरोग विशेषज्ञ डा. सुबोधसागर ढकाललगायतको टोलीले उनको उपचार गरेको थियो ।
‘उहाँले अझ तीन दिन औषधि खानुपर्छ, ट्याब्लेट औषधि दिइएको छ, अहिले ठीक हुनुभएको छ तरपनि उहाँले स्वास्थ्य ख्याल गर्नुपर्छ’–डा. ढकालले भने ।
धेरै मानिससँग नभेट्न र अन्य बिरामीबाट टाढै रही आराम गर्न चिकित्सकले निधिलाई सल्लाह दिएका छन् ।
नेता निधि अस्पतालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वराष्ट्रपति डा. रामवरण यादव, राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट राष्ट्रपतिका विज्ञ सदस्य, भारतीय राजदूत मञ्जीवसिंह पुरीलगायतले अस्पतालमा पुगी निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । रासस









प्रतिक्रिया दिनुहोस्