
पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–१ बस्ने ३२ वर्षीय शिवकुमार राय, २८ वर्षीय मनोजकुमार राय र १८ वर्षीय सुरेन्द्रकुमार राय छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार सहिदनगर नगरपालिका–२ स्थित चिरैयाचोकबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
अभियुक्तका साथबाट ज६प ९०५६ र स५प ९२३९ नम्बरका दुईथान मोटरसाइकल, १५० ग्राम ब्राउन सुगर, एकथान चिनियाँ पेस्तोल र त्यसमा लाग्ने म्यागजिन एकथान तथा मोबाइल र सिमकार्ड तीनथान बरामद गरिएको छ ।
अभियुक्तहरुले आइतबार अपराह्न २ बजे सिरहाको कल्याणपुर नपा–५ स्थित निर्दनाघाटमा प्रहरी जाँच भइरहेको अवस्थामा मोटरसाइकलमा आएर त्यहाँ खटिएको प्रहरी टोलीमाथि गोली प्रहार गरी एक म्यादी प्रहरी र एक प्रहरी जवानलाई गम्भीर घाइते बनाइ फरार भएका थिए ।
गोली प्रहारबाट ३३ वर्षीय प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवर घाइते भएका छन् । उनीहरु दुवैको काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अभियुक्त तीनैजनालाई जिप्रका धनुषाको हिरासतमा राखी लागुऔषध, हातहतियार तथा ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गराइ आवश्यक अनुसन्धान भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्