१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


उपत्यकामा एकैदिन १,९१५ चालक कारवाहीमा


0
Shares

महाशाखाका प्रहरी निरीक्षक दामोदर सिलवालका अनुसार मापसे गरी सवारी साधन चलाउने ७६ जनासहित कुल १,९१५ जना चालकलाई कारवाही गरिएको हो ।

ट्राफिक प्रहरीले पछिल्लो समय लेनअनुशासन उल्लंघन गर्ने, जथाभावी हर्न बजाउने चालकलाई समेत कारवाही गर्न थालेपछि दैनिक कारवाहीमा पर्ने चालकको संख्या सरदर १,५०० भन्दा माथि नै हुने गरेको छ ।

विगत २४ घण्टामा उपत्यकामा गम्भीर प्रकृतिका सवारी दुर्घटना नभएको महाशाखाले जनाएको छ ।