
विभिन्न स्थानमा हो–हल्ला गर्ने, शंकास्पद गतिविधिमा देखिएका तथा झै–झगडामा संलग्न रहेका ९७ जनालाई उपत्याकाका तीनवटै जिल्लाबाट नियन्त्रणमा लिइएको सो कार्यालयका प्रहरी निरीक्षक रामेश्वर चापागाईले जनाए । आइतबार उपत्यकाबाट यस्ता शंकास्पद गतिविधिमा रहेका ८५ जनालाई नियन्त्रणमा लिइएको थियो ।
उनका अनुसार काठमाडौंबाट ७५ पुरुष र ७ महिला गरी ८२ जना, ललितपुरबाट ११ पुरुष र एक महिला गरी १२ जना र भक्तपुरबाट ३ पुरुषलाई नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
विगत २४ घण्टामा उपत्यकाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको पनि उनले जनाकारी दिए ।
प्रतिक्रिया दिनुहोस्