Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


कांग्रेस नेता सिटौलाको निवास पछाडि मध्यराति बम विस्फोट


0
Shares

सोमबार राति १ बजेतिर घरको दक्षिणी पर्खालमा सुतलीबम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विस्फोटबाट पर्खालमा क्षति पुगेको छ । विस्फोटमा संलग्न भएको आरोपमा एकजनालाई नियन्त्रणमा लिइएको झापाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

चौबीसै घन्टा नेता सिटौलाको घरमा सुरक्षाकर्मी तैनाथ भएपनि बाहिरबाट पर्खालमा सुतली बम फ्याँकिएको प्रहरीले जनाएको छ ।

सिटौलाको घरमा सशस्त्र र नेपाल प्रहरीको टोलीले सुरक्षा दिइरहेको छ ।