१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


मोरङमा नेता लालबाबु पण्डित सवार गाडीलाई लक्षित गरी बम विस्फोट


0
Shares

मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ५ र ६ को सिमानामा सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य बाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डित र सोही क्षेत्रका प्रदेश नम्बर ‘क’ का बामगठबन्धनका उम्मेदवार जीवन आचार्य सवार गाडीलाई लक्षित गरी सुतली बम बिस्फोट गराइएको हो ।

उनीहरु घरदैलो कार्यक्रममा सहभागी हुन जाँदै थिए । उम्मेदवारहरु नहरमा अगाडी वढ्ने क्रममा करिव ८ सय मिटर अगाडी वम विष्फोट गराइएको थियो ।

विस्फोटबाट कुनै क्षति नभएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले जानकारी दिए ।