
अक्सफोर्डको स्थानीय काउन्सिलरहरुले म्यानमारका अल्पसंख्यक मुस्लिम समुदाय रोहिंग्यामाथिको दमनबारे सू चीले कुनै कदम नचालेको आरोप लगाउँदै ‘फ्रीडम अफ द इंग्लिश सिटी अफ अक्सफर्ड’ सम्मान फिर्ता लिइएको हो ।
उनले अक्सफोर्ड विश्वबिद्यालयमा सन् १९६० को दशकमा विश्वविद्यालय तहको शिक्षा आर्जन गरेकी थिइन् । उनले उक्त सम्मान सन् १९९७ मा पाएकी थिइन् ।
स्थानीय काउन्सिलरहरुले हिंसाप्रति आँखा चिम्लिनेहरुलाई सम्मान गर्न नसकिने बताएका छन् । यसअघि विश्वविद्यालयको प्रसिद्ध ‘सेन्ट ह्युज कलेज’बाट नेतृ सू चीको तस्वीर हटाइएको थियो ।
संयुक्त राष्ट्रसंघले म्यान्मारको सेनाले मुस्लिम रोहिंग्यामाथि गरेको व्यवहारलाई ‘पाठ्यक्रममा उल्लेख गर्ने खालको नरसंहार’ भनेको थियो । तर, सू चीले यस आरोप अस्वीकार गर्दै आएकी छन् ।
गत अगष्ट महिनायता म्यान्मारमा हिंशा भड्किएपछि करिव ६ लाखभन्दा बढी रोहिंग्या मुस्लिमहरु म्यानमारबाट भागेर बंगलाादेशमा शरण लिइरहेका छन् ।
पछिल्लो समय अन्तर्राष्ट्रिय समुदायले सू चीलाई दिइएकोे नोबेल शान्ति पुरस्कार फिर्ता लिनुपर्ने आवाज उठाउँदै आएका छन् । तर, नोबेल शान्ति पुरस्कार प्रतिष्ठानले उक्त पुरस्कार फिर्ता लिने कुनै प्रावधान नरहेको बताएको थियो । ।
‘बीबीसी’का अनुसार गत सेप्टेम्बरमा एउटा सम्बोधनका क्रममा नेतृ सू चीले मानवअधिकार उल्लंघनको निन्दा गर्दै देशको सेनामाथि कुनै आरोप लगाएकी थिइनन् । साथै उनले ‘जातीय सफाया’ भइरहेको राष्ट्रसंघको आरोपबारे कुनै प्रतिकृया दिएकी थिइनन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्