२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


अष्ट्रेलियामा आतंकवादी हमला गर्न तयार एकजना संदिग्ध पक्राउ


0
Shares

नयाँ वर्ष मनाउने तयारी भैरहेको अष्ट्रेलियाको मेलवर्न सहरको मुख्य क्षेत्र ‘फेडेरेसन स्क्यायर’मा स्वचालित बन्दुकबाट गोलि हान्ने तयारीमा रहेका २० वर्षीय युवक पक्राउ परेका हुन् ।

ती व्याक्ति सुराकीका आधारमा सोमबार मेलवर्नको वेरीबीबाट पक्राउ परेको भिक्टोरिया प्रहरीले बताएको हो । प्रहरीका अनुसार पक्राउ पर्ने ती युवक सोमाली बाबुआमाबाट अष्ट्रेलियामै जन्मिएको र उनले इन्टरनेटबाट आतंकवादी संगठन ‘अल कायदा’बाट निर्देशन पाएको खुल्न आएको छ ।

भिक्टोरिया प्रहरी प्रमुख शेन पट्टोनले पक्राउ गरिएको समयमा उनको साथबाट कुनै हतियार भने फेला नपरेको बताए । उनका अनुसार पक्राउ परेका ती युवकलाई आतंकवादसम्बन्धी मुद्दा चलाइने जनाएको छ । ती युवकले अधिकतम जन्मकैदको सजायँ पाउन सक्ने बताइएको छ ।

गत वर्ष अष्ट्रेलियाको मेलवर्न सहरको उक्त स्थानमा करिव ५० हजार व्यक्तिले नयाँ वर्ष मनाएको ‘बीबीसी‘ले उल्लेख गरेको छ । एजेन्सी