Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


ओलीले सम्बोधन गर्नैलाग्दा ललितपुरमा बम विस्फोट, ओलीले दिए चेतावनी


0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नैलाग्दा दिउँसो करिब ३ बजेतिर सभास्थलनजिकै रहेको ललितपुर बहुमुखी क्याम्पसनजिक बम विस्फोट गराइएको हो ।

विस्फोटबाट क्याम्पसको झ्यालका सातओटा सिसा फुटेको छ भने जमिनमा खाल्डो परेको छ । विस्फोटका कारण सभा नै केहीबेर रोकिएको थियो ।

विस्फोटबाट मानवीय क्षति भने भएको छैन ।

घटनालगत्तै सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘चुनाव भाँडेर के गर्न खोजेको ?’ भन्दै नेकपाका अध्यक्ष नेत्रविक्रम चन्दप्रति संकेत गर्दै प्रश्न गरेका गरे ।

‘के राजा ल्याउन खोजेको ? कि आफू राजा बन्न खोजेको ?’ चन्दलाई उनको प्रश्न थियो ।

अध्यक्ष ओलीले विनासको बाटोमा नलाग्न भन्दै चेतावनी पनि दिए ।