२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


केन्याटाले लिए अर्को कार्यकालका लागि सपथ, विपक्षीद्वारा विरोध प्रदर्शन


0
Shares

राजधानी नैरोवीमा दोस्रो कार्यकालका लागि केन्याटाले शपथ लिन आयोजित समारोहमा विपक्षीहरुले बहिष्कार गरेका छन् ।

अर्को सहरमा सवपक्षीहरुको र्‍यालीलाई रोक्न केन्या सरकारले दंगा प्रहरी परिचालन गरिएको छ ।

विपक्षी नेता राइला ओडिंगाले शपथ झुठो भन्दै बहिष्कार गरेका हुन् । शपथ समारोहमा अत्याधिक भिडका कारण सुरक्षाकर्मीले अश्रु ग्यास प्रहार गर्दा केही व्यक्ति घाइते भएको जनाइएको छ ।

गत महिनाको दोस्रो चरणको राष्ट्रपति चुनाव ओडिंगाले बहिष्कार गरेका थिए । उनले केन्याटा वैधानिक रुपमा निर्वाचित नभएको बताएका छन् । तर, केन्याटा अक्टोबर २६ मा सम्पन्न दोस्रो चरणको निर्वाचनमा ९८ प्रतिशत मत ल्याएर आधिकारिक रुपमा विजय घोषित भएका थिए ।

दोस्रा पटक भने ३९ प्रतिशतमात्र मत खसेको थियो । गत महिना भएको निर्वाचनमा केन्याटा पुनः निर्वाचित भएपछि केन्याटाले धाँधली गरेको आरोप लगाउँदै दायर भएकोे रिट निवेदनमाथि निर्णय सुनाउँदै अदालतले सो फैसला गरेको हो ।

अगष्ट ८ को चुनाव भने सर्र्वोच्च अदालतले व्यापक धांधली र अनियमिता भएको भन्दै खारेज गरेको थियो । त्यस यता चर्किएको चुनावी हिंसामा ५० जना मारिइसकेका छन् । एजेन्सी