नेपाली कांग्रेसले तुलसीपुरमा आयोजना गरेको चुनावीसभालाई देउवाले सम्बोधन गर्नैलाग्दा बम विस्फोट गराइएको थियो । बम विस्फोट भएपछि देउवाले आफ्नो सम्बोधन नै छोट्टाएका थिए ।
सभास्थलनजिकको तुलसी बोर्डिङचोकमा गराइएको विस्फोटमा परी दुई म्यादी प्रहरीसहित ८ जना घाइते भएका छन् ।
म्यादी प्रहरी चौधरी र एक महिलालाई जिल्लामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।
अरु घाइतेको तुलसीपुरमा उपचार भइरहेको छ ।
मोटरसाइकल चढेर आएका दुई व्यक्तिले बम फ्याँकेर भागेको प्रत्यक्षदर्शीले बताएपनि प्रहरीले अहिलेसम्म कसैलाई पक्रन सकेको छैन ।














प्रतिक्रिया दिनुहोस्