
आयोगका अनुसार उपसचिव पौडेललगायतले यातायात कार्यालयमा उठेको राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुल्न आएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।
आयोगले कार्यालयका उपसचिव होमनाथ अधिकारीविरुद्ध रु १४ लाख ५ हजार र विष्णुप्रसाद पौडेलविरुद्ध रु ८ करोड ८२ लाख बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।
त्यस्तै, कार्यालयकै लेखापाल सुरेश अधिकारी र मणिराज दाहाल तथा सहलेखापाल टंकबहादुर खड्कासँग जनही रु ८ करोड ९६ लाख बिगो माग दाबी गर्दै आयोगले मुद्दा दायर गरेको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।
आयोगका अनुसार उनीहरुले आर्थिक वर्ष २०६९/७० र आव २०७०/७१ मा भएको कारोबार अध्ययन गर्दा रु ८ करोड ८२ लाख कम राजश्व दाखिला गरेको आयोगले जनाएको छ । यसअघि पनि आयोगले सोही कार्यालयका आठ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्