
मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले पुर्खाले लडेर बचाएको देशलाई गौरव र स्वाभिमानका साथ माथि उठाउन आफू प्रतिबद्ध रहेको बताए ।
वाम गठबन्धन निकै मजबुत् बन्दै गएको भन्दै उनले अब कसैले तोड्न नसक्ने दाबीसमेत गरे ।
नेपाली कांग्रेसका पुराना नेताहरुसमेत एमालेमा प्रवेश गर्न थालेको भन्दै ओलीले कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले ‘संयुक्त राष्ट्रसंघको महासभामा गएर नेपालमा नाकाबन्दी नै छैन भनेको’ स्मरण गरे ।
केही नयाँ खेलाडीहरु पनि मैदानमा आएको भन्दै ओलीले ‘खेल्नु र सिक्नुमा फरक भएको छ’–भने ।
सभालाई सम्बोधन गर्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसलाई माथि उठाउने काम वामपन्थीहरुले गरेको भन्दै कांग्रेसले पाएको बहुमतसमेत सम्हाल्न नसकेका कारण देशलाई गरिब बनाउँदै लगेको आरोप लगाए ।
कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले मदन भण्डारीले देखाएको सपना पूरा गर्न क्षेत्र नम्बर–१ मा आफू आएको बताए ।
त्यस्तै, माओवादी केन्द्रका नेता जनार्दन शर्माले लोडसेडिङमुक्त नेपाल अभियान आफूले ल्याएको भन्दै अब भ्रष्टाचारमुक्त नेपाल बनाउन वाम गठबन्धनलाई विजयी गराउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्