२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तुल्सीपुरमा भएको बम विस्फोटमा घाइते म्यादी प्रहरीको मृत्यु


0
Shares

तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा गएराति शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

मंगलबार भएको बम विस्फोटनमा गम्भीर घाइते चार जनाको नेपालगन्जमा र अन्य तीन जनाको राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ ।

नेपाली कांग्रेसको तुल्सीपुरमा भएको सभालाई लक्षित गरेर मंगलबार गराइएको विस्फोटमा आठ जना घाइते भएका थिए ।