Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


उदयपुरमा उम्मेदवार चढेको गाडी एम्बुसमा पर्‍यो, चार जनाको अवस्था गम्भीर


0
Shares

सडकमुनी राखिएको बम विष्फोट हुँदा ९ जना घाइते भएका छन् । उम्मेदवार कार्की र उनका सहयोगीहरु मीरा कटुवाल, धनमाया धौलाकोटी र चालक राजन कार्कीको अवस्था गम्भीर छ ।

उनीहरुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

चुनावी प्रचारका सिलसिलामा कार्कीसहितको टोली कटारीबाट उदयपुरगढीको नेपालटार बजारमा आयोजित आमसभामा सहभागी हुन जाने क्रममा बा १५ च ७८०६ नम्बर गाडी दनुवारबेसीमा एम्बुसमा परेको हो ।

विस्फोट हुँदा गाडि करिब १० मिटर माथिसम्म उफ्रिएको प्रत्यक्षदर्शीले जनाएका छन् । विस्फोट कसले गराएको भन्ने खुलेको छैन ।