Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


‘खेलाडी सम्मान भव्यतापूर्वक’


0
Shares

काठमाडौं, पुस १० । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले योपटकको खेलाडी सम्मान भव्यतापूर्वक आयोजना गर्न लागेको जनाएको छ ।

यही पुस १३ गते शुक्रबार ललितपुरको मंगलबजारमा आयोजना हुने उक्त कार्यक्रममा विभिन्न २९ खेलका उत्कृष्ट खेलाडी, एकजना पाका खेलाडीलाई आदर्श खेलाडी र एकजना पत्रकार सम्मानित हुनेछन् ।

उत्कृष्टमध्येबाट एक पुरुष र एक महिला गरी दुईजना सर्वोत्कृष्ट छानेर जनही एक लाख रुपैयाँ दिइने संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

सर्वोत्कृष्ट खेलाडी पुरस्कारका लागि जनता बैंकले तथा २५ हजारको पत्रकारिता पुरस्कारसहित अन्य व्यवस्थापनका लागि आदर्श समाज विकास केन्द्रले प्रायोजन गरेको छ ।