१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


कैलालीको लम्कीमा उम्मेदवारको निजी गाडीमा आगजनी


0
Shares

बिहीबार बिहान पौने ४ बजेतिर बा१६च ६८९९ नम्बरको निजी जीपमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक एसपी विनोद घिमिरेले बताए ।

‘आगजनीबाट जिपको अगाडिको भाग जलेको छ । एसपी घिमिरेले आगजनीमा संलग्न व्यक्ति वा समूहको पहिचान भइनसकेको जानकारी दिए ।

लम्कीचुहा नगरपालिका–१ स्थित उम्मेदवार थापाको घरनजिकै छाप्रो बनाएर जिप राखिएको थियो । एसपी घिमिरेले जलेर जिपको टायर पड्केपछि मात्र घरका मान्छेले थाहा पाएर प्रहरीलाई खबर गरेको जनाए ।

चुनावी प्रचारप्रसारमा हिँड्ने जिप र गाडीलाई ईलाका प्रहरी कार्यालयमा राख्ने गरिएको भएपनि उम्मेदवार थापाले निजी गाडीलाई घरमै राख्ने गरेको एसपी घिमिरेले बताए ।

उम्मेदवारको प्रचारमा हिँड्ने सवारी साधन इप्रकामै राख्न लगाइएको घिमिरेले बताए ।