२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


बेलायती प्रधानमन्त्रीसँग आक्रोसित हुँदै ट्रम्पले भने, ‘मेरोबारे भन्दा आफ्नो देशका बारे ध्यान दिनुस्’


0
Shares

                                                                 फाइल तस्वीर

ट्रम्पले ट्विटरमार्फत आक्रोस व्यक्त गर्दै बेलायती प्रधानमन्त्री मेलाई भनेका छन्, ‘मप्रति ध्यान नदिनुस्, कट्टरपन्थी इस्लामिक आतंकवादप्रति आफ्नो ध्यान केन्द्रीत गर्नुस्, जो बेलायतमा हुर्किरहेको छ । म आफ्नो काम राम्रोसँग गरिरहेको छु ।’

उल्लेखनीय छ, ट्रम्पले मुस्लिम विरोधी भिडियो शेयर गरेपछि बेलायती प्रधानमन्त्री मेले आपत्ति जनाएकी थिइन् । ट्रम्पले बुधबार तीन भिडियो शेयर गरेका थिए, जसलाई बेलायतको उग्र दक्षिणपन्थी संगठनले पोस्ट गरेको थियो ।

त्यसलगत्तै बेलायती प्रधानमन्त्रीको कार्यालयले भनेको थियो, ‘अमेरिकी राष्ट्रपतिले बेलायतको दक्षिणपन्थी समूह (ब्रिटेन फर्स्ट) का तर्फबाट ट्विट गरिएको भिडियो शेयर गर्नु गलत हो ।’ (एजेन्सी)